बिदाई by Deep

साथीहरु,



साझामा मैले धेरै समय बिताएँ। बिताएका प्राय सबै पलहरु सुखद रहे। जिवन यात्रामा साझा साँच्चै नै एउटा चौतारी बन्यो। यो साझा मन्चको लागि म सान प्रति सधैं आभारी रहने छु।



साझामा कथा कबिता लेख्ने जमर्को गरियो। साथीहरुको प्रोत्साहन पाईयो। लेखक त म कहिल्यै थिइन तर पाठक भने सधैं थिएँ। साथीहरुका थुप्रै रचनाहरु पढने अवसर पाएँ। ती अवसरहरु पनि मेरा लागि पुरस्कार झै बने।



यात्राको क्रमलाई निरन्तरता दिँदै म यो साझा चौतारीबाट अघि बढ्दै छु।



साझा को यो आकासमा हामी सबै तारा बनेर जगमगाउने गरेका छौं। म जस्तो एउटा तारा बिलिन हुँदैमा साझाको आकासको जगमगाहटमा कुनै कमी हुने छैन। त्यो मलाई थाह छ। म चुपचाप पनि बाटो लाग्न सक्थें तर जुन स्थानमा एउटा घर जस्तै गरेर बर्षौं बसियो, नभेटेका नदेखेका साथीहरु सँग पुरानो चिन जान झै गरी सँग हाँस खेल गरीयो, जुन फुलबारीमा आफुले पनि थुप्रै फुल रोपियो, अनि अरु साथीहरुले रोपेका फुलहरुको पनि गोडमेल गरीयो यस्तो बगैँचा जस्तो ठाउँबाट बिदा नमागी जान मनले मानेन।



साथीहरुले म प्रति देखाएका सदभावहरु जस्लाइ मैले साझाको तर्फबाट मेरा लागि उपहार सम्झेको छु ती सदभावहरुको लागि म सबै साथीहरु प्रति यो जिन्दगी भर आभारी रहनेछु।



यहाँ आफ्नो बसाईको क्रममा मैले कसैको पनि मन नदुखोस भन्ने सोचाईमा आफुलाई सतर्क राखेँ। तर नचाहंदा नचाहँदै पनि कसैको मनमा मैले ठेस पुर्याएको हुन सक्छु। त्यस्ता अरुका मनमा दु:ख पुर्याउने सबै मेरा ब्यबहारहरु प्रति मलाई खेद छ र म त्यस्को लागि क्षमा पार्थी पनि छु।





सबै साथीहरुको जीबन सुखमय रहोस। मेरो हार्दिक शुभ-कामना। यो दीप आज अन्तिम पटक बलेको छ यहाँ। बिदा।